लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा



पोखरा

लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका छन् । किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले यसमा कुनै चासो दिएका छैनन् ।

जिल्लाकाे बेसीशहर नगरपालिका ११ का विष्णु पाण्डेले दुई रोपनी जग्गामा मकै खेती गरेका छन् । एकहोरो मकै गोडेपनि मल अभावका कारण दोहोरो मकै गोडन् नपाएको उनले गुनासो गरे । मल अभावमा समयमै मकै गोड्न नपाउँदा दुःख गरी लगाएको मकै उत्पादन घट्नेमा विष्णु चिन्तित छन्।

लमजुङमा सिजनकै बेला युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार युरिया मल नपाउँदा चैते धान र दोहोरो मकै गोड्न किसानलाई समस्या भएको छ ।

-न्युज कारखाना 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja