पोखरा महानगरपालिका: मेयरमा धनराज आचार्यको अग्रता कायमै



पोखरा

कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् ।

१ लाख ७ हजार ९६२ मत गणना हुँदा नेकपा एमालेका कृष्ण थापाभन्दा आचार्य ३,४१७ मतले अगाडि छन् । सत्ता गठबन्धनका उम्मेदवार रहेका आचार्यले ४३ हजार २१५ मत ल्याउँदा थापाले ३९ हजार ७९८ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श‌ंकर खरालले ४८१५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २६९३ मत ल्याएका छन् ।उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ४४ हजार ९५० मत ल्याएर पहिलो स्थानमा छिन् ।

नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४३ हजार २९१ मत ल्याएर दोस्रो स्थानमा छिन् भने राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ४७४१ मत ल्याएर चौथो स्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja