पोखराको मतगणना स्थलको बाहिरबाट दुई जनालाई पक्राउ



पोखरा

कास्की प्रहरीले पोखराको मतगणना स्थलको बाहिरबाट दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार अवैध कार्ड बोकेर मतगणना स्थलमा  पुगेका दुई व्यक्तिलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुई मध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेको र अर्का एकले  नक्कली परिचय पत्र भिरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताउनुभयो ।

जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेर प्रवेश गर्ने रुपा गाउँपालिका ५ का डिल्लीराम तिवारी रहेको स्रोतले बताएको छ ।  स्रोतका अनुसार तिवारी नेकपा एमालेका कार्यकर्ता हुन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान गरिरहेको डिएसपी तिवारीले बताए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja