काठमाडौँ महानगरपालिकाको मेयरको पछिल्लो मत परिणाम अनुसार बालेनको अग्रता कायम
पोखरा
काठमाडौँ महानगरपालिकाको मेयरको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्।
उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् । शाहले लौरो चिन्हबाट २८ हजार ८ सय ८२ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १५ हजार ३ सय १२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १४ हजार ७ सय ९८ मत ल्याएकी छन् ।