पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति मत प्राप्त गरे ?



पोखरा

स्थानीय तह सदस्य निर्वाचन- २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार ५५ हजार २६७ मत गन्दा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले २२ हजार ८५२ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २० हजार १३२ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका शंकर खरालले दुई हजार ३०४ र स्वतन्त्र उम्मेदवार गनेश पौडेलले एक हजार ३१२ मत ल्याएर आचार्य र थापालाई पछ्याइरहेका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटको २३ हजार १६४ मत छ भने एमालेका मञ्जुदेवी गुरुङले २३ हजार २१ मत प्राप्त गरेकी छिन् । राप्रपाकी रन्जना सेनले दुई हजार ९९ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja