विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु



पोखरा

विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, दलका उम्मेद्वार र नेताबीचको बैठकपछि साढे पाँच बजेदेखि मतगणना पुनः सुरु भएको हो ।

कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले बुधबार दिउँसो मतगणना स्थलमा नाराबाजी गरेका थिए । कांग्रेसले निर्धारितभन्दा बढी प्रतिनिधि राखेर धाँधली गरेको भन्दै एमालेका कार्यकर्ताले नाराबाजी गरेपछि मतगणना रोकिएको थियो । 

एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारीमाथि हातपात गरेका कांग्रेस कार्यकर्ताले माफी मागेपछि मतगणना पुनः सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja