पोखरा महानगरपालिका: ३९ हजार मतगणना, धनराजको अग्रता फराकिलो



पोखरा

पोखरा महानगरपालिकामा हालसम्म ३९ हजार ३१३ मतगणना भएकोमा धनराज  आचार्यले अग्रता लिएका छन् । 

एमालेका कृष्ण थापा भन्दा आचार्य दुई हजार २५ मतले अगाडि छन् । पोखरामा हालसम्म १० वटा वडाका मतगणना सम्पन्न भएका छन् भने पाँच वटा वडामा मतगणना जारी छ । जसमा आचार्यले १६ हजार ४१९ र थापाले १४ हजार ३८४ मत प्राप्त गरेका छन् ।  मेयर पदमै राप्रपाका शंकर खरालले १६ सय ८३ र स्वतन्त्रका गनेस पौडेलले ८९६ मत प्राप्त गरेका छन् ।

यता, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १६ हजार ६६५ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् । उनी एमालेकी मञ्जुदेवी गुरुङभन्दा २६७ मतान्तरले अघि छन् । गुरुङले १६ हजार ३९८ र राप्रपाकी रञ्जना सेनले १६ सय २१ मत प्राप्त गरेकी छन् ।

पोखरामा १० वटा वडामा मतगणना सम्पन्न भएकोमा २ वटा वडामा मात्रै नेकपा एमाले विजयी भएको छ ।पोखरा महानगरपालिकाको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja