देशका २०१ स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवारको विजयी



पोखरा

नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ ।

७५३ स्थानीय तहमा भएको निर्वाचनअन्तर्गत हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा अझै पनि कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । मतगणना भइरहेकामध्ये ९८ पालिकाको उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja