पर्वतको महाशिला गाउँपालिकामा एमालेको जित



पोखरा

पर्वतको महाशिला गाउँपालिकामा एमालेका इश्वरी भुसालले गठबन्धनका तर्फबाट कांग्रेसका अशोक उचै ठकुरीलाई ४ सय ४० मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।

भुसालले २ हजार ७४३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी ठकुरीले २ हजार ३०६ मत पाए। उपाध्यक्षमा पनि एमालेकी धनसुवा विक निर्वाचित भएकी छन्। उनले गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका विराज हमाललाई ७ सय ३७ मतान्तरले पछि पार्दै निर्वाचित भएकी हुन्।

विकले २ हजार ७०६ मत ल्याउँदा समाजवादीका हमालले १ हजार ९६९ मत प्राप्त गरे। ६ वटा वडा रहेको महाशिलामा वडा नं ५ लुंखुमा गठबन्धनको तर्फबाट कांग्रेस विजयी भएको छ भने अन्य ५ वडाहरुमा एमालेले प्यानल सहित विजयी भएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja