लमजुङको सुन्दरबजारमा नेपाली कांग्रेस विजयी



पोखरा

लमजुङ जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन् । गएराति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी ल्याउँदै कोइराला विजयी भएका हुन् । 

उनले ६ हजार ६४१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गरेको सुन्दरबजारस्थित निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । 

यस्तै, नगर उपप्रमुखमा एमालेकी भवानी केसी विजयी भएका छन् । उनले पाँच हजार १८ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गरे भने स्वतन्त्रका द्वारिकाप्रसाद मिश्रले चार हजार ४७५ मत प्राप्त गरेका छन् ।

नगरपालिकामा कूल मतदाता २० हजार ७९६ रहेको छ जसमा ९ हजार ९२७ पुरुष र १० हजार ८६९ महिला रहेका छन् । नगरपालिकामा ११ वडा छन् । निर्वाचनमा १४ हजार ५२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja