मादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवीजंग गुरूङ निर्वाचित



पोखरा

मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका देवीजंग गुरूङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका छन् ।

यसअघि ०७४ मा एमालेले जितेको मादी अध्यक्षमा कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर गुरूङलाई ८३४ मतान्तरले पराजित गरेका हुन् । देवीजंगले  ६ हजार ५८४ मत ल्याउँदा शिवले ५ हजार ७५० मत प्राप्त गरे ।

उपाध्यक्षमा भने एमालेकी कल्पना गुरूङ निर्वाचित भएकी छन् । उनले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लालबहादुर गरूङलाई पराजित गरिन् । कल्पनाले ५ हजार ८२८ र लालबहादुरले ५ हजार ६१६ मत प्राप्त गरे ।

मादीमा कांग्रेसले ७, एमालेले ३ र माओवादीले २ वटा वडा जितेको छ । मादीमा १८ हजार ७ सय ८२ मतदाता रहेकोमा १३ हजार ७ सय ६३ (७६.२८ प्रतिशत) मत खसेको थियो । यहाँ ०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja