धनुषाको दुई गाउँपालिकामा कांग्रेसको जित 



पोखरा

धनुषाको दुई गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

जिल्लाको धनौजी गाउँपालिका कांग्रेसको तर्फबाट कांग्रेसका उम्मेदवार राजकुमार साह र लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्षमा कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र विजयी भएका हुन् । 

धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका राजकुमार शाहले ९९ मत अन्तरले विजयी भएका हुन् ।

साहले दुई हजार २६२ मत ल्याएरका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका जिवेन्द्र झाले २ हजार १६३ मत ल्याएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल दुई हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् । लोसपाका उपाध्यक्षका उम्मेदवार रञ्जिता देवी मण्डलले एक हजार ९०१ मत ल्याएकी हुन् ।

सोमवार दिनभर उक्त पालिकामा मतपत्र लिएर दलहरू बीच विवाद भएको थियो । तर सोमवार साँझ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पहल गरेपछि दलहरू मतगणना गर्न तयार भएका थिए ।

यसअघि पनि कांग्रेसकै बद्री सिंह सो गाउँपालिकामा अध्यक्ष रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja