प्रचण्ड- राजावादी र गणतन्त्र विरोधीलाई पराजित गर्नु आजको आवश्यकता



पोखरा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी र गणतन्त्र विरोधीलाई पराजित गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

पोखरामा आइतबार आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै उनले त्यस्ता शक्तिलाई पराजित नगरे देश राजनीतिक दुर्घटनामा जाने दाबी गरे । ‘एउटा ठूलो षड्यन्त्र लोकतन्त्र, संघीयता र संविधानविरुद्ध हुँदै थियो । त्यसलाई परास्त गर्न यो गठबन्धन जन्मिएको हो,’ उनले भने, ‘यो गठबन्धनविरुद्ध अर्को राजावादी, गणतन्त्र विरोधीको गठबन्धन आएको छ । त्यसलाई परास्त गर्न आवश्यक छ । अन्यथा देशमा राजनीति दुर्घटनाको खतरा छ ।’

उनले गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म रहने दाबी गरे । देश र जनताको भविष्य सम्झेर देशभर गठबन्धन गरेको प्रचण्डले बताए । ‘स्थानीय तह निर्वाचनमात्रै होइन, भोलि प्रदेश र प्रतिनिधिसभा चुनावसम्म हामी लैजान्छौँ । ६ महानगर र ११ उपमहानगरमा उम्मेदवारी छान्ने कुरा सजिलो थिएन । देशको स्थिति र जनताको भाग्य भविष्यलाई सम्झेर यो निर्णय गरेका छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja