युक्रेनमा रुसी फौजले आक्रमण गर्दा रेडियो पत्रकारको मृत्यु



पोखरा

युक्रेनको राजधानी किभमा रुसी फौजले आक्रमण गर्दा एकजना पत्रकारको मृत्यु भएको छ ।

रुसी फौजको आक्रमणमा रेडियो लिबर्टीमा कार्यरत रेडियो पत्रकार भेरा हिरिच मारिएको बीबीसीले जनाएको छ ।रेडियो लिबर्टीले विज्ञप्ति जारी गर्दै जनाएअनुसार रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्र उनी बस्ने घरमा विष्फोट भएको थियो । उनले सन् २०१८ देखि रेडियो लिबर्टीका लागि काम गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि किभका मेयर भिताली क्लित्स्कोले रुसी आक्रमणमा एकजनाको मृत्यु भएको बताएका थिए । यद्यपि त्यसबेला उनले मारिनेको पहिचान भने खुलाएका थिएनन् । रुसले किभमा आक्रमण गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ । हाल रुसले आक्रमण गरेको स्थानमा उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja