रुसले एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको दाबी 



पोखरा

रुसले एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनका ५ सय सैनिक मारिएको दाबी गरेको हो ।

विज्ञप्तिमा युक्रेनका ८७ सैनिक निशानामा आक्रमण गरिएको समेत जनाइएको छ । रक्षा मन्त्रालयले रुसी वायुसेनाले युक्रेनको विभिन्न स्थानका ८७ सैनिक निशानालाई लक्षित गरी आक्रमण गरेको जनाएको हो ।

पूर्वी युक्रेनको खारकिभ शहरमा रहेका दुई हतियार भण्डारणमा पनि आक्रमण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

यद्यपि रुसी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ । यसबारे युक्रेनी पक्षबाट कुनै टिप्पणी नआइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja