विद्यार्थीहरुलाई विपन्‍न लक्षित छात्रवृत्ति फारम भर्न अनुरोध 



पोखरा

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, विद्यार्थीहरुलाई तेस्रो पटक विपन्‍न लक्षित छात्रवृत्ति फारम (पीएमटी) भर्न अनुरोध गरेको छ । आ.व. २०७८/०७९ मा सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९–१२) मा अध्ययनरत विद्यार्थीहरुलाई विपन्‍न लक्षित छात्रवृत्ति दिने प्रयोजनका लागि कक्षा ८ र कक्षा १० मा अध्ययनरत विद्यार्थीको पीएमटी फाराम भर्न पुन: म्याद थप गरेको हो ।

केन्द्रले पहिलो पटक गत फागुन १ गतेको गोरखापत्रमा २०७८ चैत ३० गतेभित्र फारम भर्ने म्याद राखी सूचना प्रकाशित गरेको थियो । विद्यालयबाट विवरण आउने क्रम जारी भएकाले सोहि मितिबाट लागु हुनेगरी वैशाख ७ गतेसम्म ७ दिनको लागि पहिलो पटक म्याद थप गरेको थियो ।

निर्धारित समयमा सबै विद्यालयले फारम नभरेपछि पुनः दोस्रो पटक आगामी वैशाख ३१ गतेसम्मका लागि फाराम भर्ने म्याद पुनः थप गरेको छ ।केन्द्रले सूचना जारी गर्दै धेरै विद्यार्थीलाई सो छात्रवृत्ति कार्यक्रममा सहभागी गराउन विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पुर्‍याई फाराम भर्ने अनुरोध गरेको छ । बैशाख ३१ गते भन्दा पछाडि अपलोड भएका भएका फाराम मान्य नहुने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja