बेइजिङमा कोरोना संक्रमण बढेपछि व्यावसायिक क्षेत्र बन्द



पोखरा

कोरोना भाइरस संक्रमणको नयाँ लहर देखिएपछि चीनको राजधानी बेइजिङमा आवासीय एवम् व्यावसायिक क्षेत्र बन्द गरिएको छ ।

२ करोड १० लाख मानिसहरूको बसोबास रहेको शहरमा शुक्रबारयता ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । कोरोना संक्रमण थप फैलिन नपाओस् भन्ने उद्देश्यले सरकारी अधिकारीहरुले दशौं लाख मानिसहरुको परीक्षण समेत थालेको बताइएको छ ।

स्वास्थ्य अधिकारीहरुले शहरको चाओयाङ जिल्लाका ३० लाख भन्दा धेरै मानिसहरुको परीक्षण गरिने जनाएका छन् । उनीहरुको परीक्षण सोमबार, बुधबार र शुक्रबार गरिने जनाइएको छ । साङ्घाईमा जस्तै बेइजिङमा पनि कठोर लकडाउन हुने त्रासबीच स्थानीय बासिन्दाहरुले खाना र अन्य अत्यावश्यक वस्तुको जोहो गर्न थालेको एपीले जनाएको छ । साङ्घाईमा दुई साता भन्दा धेरै समयदेखि लकडाउन लागू गरिएको छ ।

बेइजिङका किनमेल केन्द्रहरुमा मानिसहरु सामान किन्न लामो लाइनमा बसेको बताइएको छ । यता सरकारी सञ्चारमाध्यमले भने शहरमा अत्यावश्यक वस्तुको कुनै अभाव नरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja