भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाको मृत्यु



पोखरा

भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाको मृत्यु भएको छ । झडपमा ४ जना घाइते भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भइरहेको बेला आज (शुक्रबार) कश्मिर उपत्यकामा सुरक्षाकर्मी र आतंककारीहरुबीच झडप भएको छ। प्रधानमन्त्री मोदी भ्रमणका लागि सुरक्षा ब्यवस्था कसिलो बनाउने क्रममा सुरक्षाकर्मीले चेकजाँच बढाइरहँदा आतंककारी समूहहरुसँग झडप भएको जनाइएको छ।

झडपमा अहिलेसम्म २ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। झडपमा ५ जना आतंककारीहरु मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री मोदी आगामी आइतबार जम्मु कश्मिरको भ्रमणमा जाने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja