आजदेखि कास्कीका पाँचवटै पालिकामा निर्वाचन कार्यालय सञ्चालनमा



पोखरा

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा आउने भएका छन् ।

पोखरा महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा आजदेखि निर्वाचन कार्यालय खोल्ने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

पोखरा महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई छन् भने अन्नपूर्णमा विष्णुप्रसाद आचार्य, मादीमा दुर्गाप्रसाद भट्टराई, माछापुच्छ्रेमा नवराज दङगाल र रुपामा रुद्रप्रसाद सुवेदी निर्वाचन अधिकृत छन् । 

निर्वाचनको तयारीलाई तीव्र पारिएको बताउँदै सूचना अधिकारी न्यौपानेले सामग्री तथा जनशक्ति व्यवस्थापनका काम भइरहेको जानकारी दिए । निर्वाचनमा उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा उम्मेदवार टुङ्गोमा पुर्याउन दलहरू आ-आफ्नो तयारीलाई तीव्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja