पोखरामा कांग्रेसबाट उपमेयर उम्मेदवार को बन्लान् ?



पोखरा

कांग्रेसले छ महानगरपालिकामध्ये भरतपुर, वीरगञ्ज र पोखरा महानगरपालिकामा प्रमुख पद साझेदार दललाई दिएर आफूले उपमेयर पदमा मात्रै उम्मेदवारी दिने भनेको छ । त्यसअनुसार भरतपुरमा माओवादी केन्द्र, वीरगञ्जमा जसपा र पोखरामा एकीकृत समाजवादीले मेयर पदमा उम्मेदवारी दिनेछन् । तीन वटै महानगरपालिकामा उपमेयर पदकालागि कांग्रेसले उम्मेदवार चयन गर्नुपर्नेछ ।

तर, मेयर नपाएपछि ती महानगरमा उत्पन्न असन्तुष्टिले उपमेयरमा को उम्मेदवार बन्ने निश्चित छैन । कांग्रेसबाट मेयरकै आकांक्षीसमेत चुनावी तालमेलपछि उपमेयरमा उम्मेदवार बन्न सक्ने भएकाले अहिले त्यसबारे अन्योल छ । मेयरका आकांक्षीहरू मेयर पद नै पार्टीसँग नरहेपछि उपमेयरमा टिकट पाउन दौडधुप गरिरहेका छन् ।

कांग्रेस भरतपुरका सभापति चित्रसेन अधिकारीले आफूहरूले मेयर र उपमेयरका आकांक्षी सबैको नाम सिफारिस गरी पठाएको बताए । भरतपुरमा मेयरका लागि २५ जना र उपमेयरकालागि २४ जना आकांक्षी थिए । ‘पार्टीभित्रै एक पदकालागि २५ जनाको आकांक्षा थियो । अब गठबन्धन गरेपछि त्यही पद पनि छैन,’ उनले भने, ‘हामीले नाम काट्ने कुरा भएन । मेयर पद नै नरहेपछि अब मेयरका आकांक्षी स्वतः उपमेयरका आकांक्षी हुने भए । उपमेयरमै लड्छु भन्नेहरू त आकांक्षी हुने नै भए ।’

पोखरामा पनि त्यस्तै अवस्था छ । पोखरा महानगरपालिकाको मेयरका लागि १८ जना र उपमेयरका लागि १० जना आकांक्षी छन् । वीरगञ्जमा मेयरका आकांक्षीहरू नै उपमेयरमा दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja