पाल्पाको १० वटै पालिकाकामा निर्वाचन अधिकृतको कार्यालय संचालनमा



पोखरा

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाको १० वटै पालिकाकामा निर्वाचन अधिकृतको कार्यालय संचालनमा आएको छ।  

तानसेन नगरपालिकामा मुख्य निर्वाचन अधिकृत कार्यालयले हेर्ने र अन्य ९ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय शुभारम्भ भइ निर्वाचन अधिकृतहरु आ-आफ्नो काममा खटिएका छन् । वैशाख ११ गते हुने उम्मेदवार मनोनयनको लागि  पालिकामा खटिएका निर्वाचन अधिकृतहरु सक्रिय छन् । पाल्पाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला अदालत पाल्पाका न्यायधीश खड्गबहादुर केसी दिइएको छ। 

यसैगरी रैनादेवी छहरा गाउँपालिकाको निर्वाचन अधिकृतमा टोलराज उपाध्याय, रिव्दीकोट गाउँपालिकाको निर्वाचन अधिकृतमा टिकाराम अर्याल, निस्दी गाउँपालिकाको निर्वाचन अधिकृतमा दुर्गा प्रसाद बस्याल, रामपुर नगरपालिकाको निर्वाचन अधिकृतमा श्याम प्रसाद श्रेष्ठ, रम्भा गाउँपालिकाको निर्वाचन अधिकृतमा कृष्ण प्रसाद भण्डारी  खटिएका छन् । 

बगनासकाली गाउँपालिकाको निर्वाचन अधिकृतमा रवी न्यौपाने, माथाँगढी गाउँपालिकाको निर्वाचन अधिकृतमा मिना अर्याल, पूर्वखोला गाउँपालिकाको निर्वाचन अधिकृतमा मधु अर्याल खनाल र तिनाउँ गाउँपालिकाको निर्वाचन अधिकृतमा जनार्दन अधिकारी खटिएका छन्।

स्थानीय तह निर्वाचनको लागि पाल्पामा  १ लाख ९९ हजार ६ सय ९० जना मतदाता रहेका छन् । पाल्पामा ११८ वटा मतदान स्थल, २४७ वटा मतदान केन्द्र रहेको  जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja