जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए गण्डकी सरकार ढल्न सक्छ- जलस्रोतमन्त्री आचार्य



पोखरा

गण्डकी प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिएका छन् ।

मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागवण्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्ने चेतावनी दिएका हुन् ।

‘अहिले बाहिर मिडियातिर पनि हल्ला सुन्छु । माओवादी र कांग्रेस मिल्ने भए रे । हामीलाई साइड लगाउने भयो रे । हैन्, उहाँहरुले साइड लगाउनु भयो भने उहाँहरुलाई हैसिएत देखाउन सक्ने आधार पनि त हामीसँग छ नि । गण्डकी प्रदेशमा माओवादी र कांग्रेसबाहेकका अन्य पार्टीसँग मिलेर गएर उहाँहरुको सेखी झार्न त हामी सक्छौँ नि,’ मन्त्री आचार्यले भने ।

अहिले तत्काल सरकार ढाल्ने कुरा नसोचे पनि सम्मानजनक हिस्सा नपाए सम्भावना रहेको उनले प्रष्टाए ।

‘अहिले हामी सरकारै ढाल्नसक्ने सम्म त सोचेका छैनौँ । तर, उहाँहरुले निहुँ नै खोज्नु भयो भने त त्यसको प्रतिशोध त साँध्नु पर्‍याे नि । त्यो गर्नै पर्‍याे । औपचारिक रुपमा त हामी त्यसरी गएका छैनौँ । तर, उहाँहरुले शंका गरिराख्नु भएको छ । किनभने प्रदेश सरकारमा पनि हामी निर्णयक छौँ र कतिपय सन्दर्भमा सरकारमा भएका विषयवस्तुमा पनि अलिकति कन्फिल्ट पनि भइराखेको त्यसो भएको कारण यसै भन्न सकिन्न,’ मन्त्री आचार्यले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja