लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



पोखरा

स्थानीय तह निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाएको जानकारी दिए ।

लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको हो ।

लमजुङ जिल्लाका सबै आठ स्थानीय तहमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले बताए। लमजुङमा चार गाउँपालिका र चार नगरपालिका रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja