नेकपा एमालेले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा 



पोखरा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा गरेका छन् ।

ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रमा उनले हरेक वर्षको वैशाख ७ गते युवा उत्सव मनाउने र युवासँग अन्तरक्रिया गर्ने बताएका हुन् । ‘प्रत्येक वर्षको वैशाख ७ गते युवा उत्सवको रुपमा मनाउने छौं‚’ ओलीले भने, ‘युवाहरूको फिलिङ वा आकांक्षाहरूको सन्दर्भमा कुरा सुन्ने छौैं ।

त्यस विषयमा दृष्टिकोण पनि प्रस्तुत हुने पहिलो प्रयास हो ।’हरेकले बोल्न सम्भव नभएको र विभिन्न सेक्टरबाट बोल्ने अवसर पाउने अध्यक्ष ओलीले बताए ।

‘युवा विद्यार्थी र संगठन मात्रै नभएर विभिन्न क्षेत्रका युवाको अनुभूतिहरूलाई यसमा समावेश गरिनेछ,’ उनले भने , ‘जैविक र मानवीय आवश्यकताको परिपूर्ति कसरी हुन्छ; त्यस विषयमा संक्षिप्तमा चर्चा गर्ने छौं । अन्तरक्रियालाई अघि बढाउने छौं ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja