डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस भोलि नेपाल आउँदै



पोखरा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने औपचारिक भ्रमणका लागि भोलि नेपाल आउने भएका छन् ।

वैशाख ८ देखि १० गतेसम्म हुने भ्रमणको क्रममा महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू पनि नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणको क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja