पोखराको पुुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख रुपैयाँ संकलन 



पोखरा

पोखरा २२ को पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबार सम्म ४७ लाख रुपैयाँ संकलन भएको छ।

महायज्ञमा पर्यटन व्यवसायी योगन्द्रमान शाक्यले १५ लाख रुपैयाँ सहयोग गरेका छन्। त्यसै गरी गरिमा विकास बैंकले पुनः १० लाख रुपैयाँ महायज्ञमा आर्थिक सहयोग गरेको छ । यस अघिको महायज्ञमा १० लाख सहयोग गरेको बैंकले दोश्रो महायज्ञमा पुनः सहयोग गरेको हो ।

मनकामना केवलकारका संचालक राजेश बाबु श्रेष्ठले दोश्रो महायज्ञमा पनुः ५ लाख रुपैयाँ सहयोग गरेका छन् । यस अघि पहिलो पटकको महायज्ञमा उनले २५ लाख सहयोग गरेका थिए ।

बागलुङ निवासी हाल पोखरा गलेश्वरचोक बस्दै आएका रिदम चापागाईले २ लाख ११ हजार १ सय ११ रुपैया ११ पैसा सहयोग गरेको आर्थिक उपसमिति संयोजक बरालले जनाए । महायज्ञको तेश्रो दिन मंगलबार पोखरा र पोखरा भन्दा बाहिरबाट दाताहरुको उल्लेखनिय रुपमा सहभागिता हुने भएको उनले बताए ।

दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गर्ने गरिएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए।

२०७३ फागुन ३ देखि १३ गतेसम्म संचाल नभएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको बताएका समितिका अध्यक्ष चन्द्रकान्त बरालले यस पाली करिब ६ करोड संकलन हुने अपेक्षा गरिएको जनाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja