निर्वाचनका लागि तनहुँका पाँच मतदानस्थल अति संवेदनशील



पोखरा

स्थानीय तह निर्वाचनका लागि तनहुँका पाँच मतदानस्थल अति संवेदनशील मानिएको छ ।

जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले गरेको वर्गीकरणमा एक सय ३६ मध्ये पाँच मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३८ मतदानस्थल संवेदनशील र ९३ मतदानस्थल सामान्य छन् ।

‘भौगलिक विकटता, सुरक्षा निकायको युनिट टाढा भएको र  यातायातको सजिलै पहुँच नभएको आधारमा वर्गीकरण गरेका छौँ,’ अर्यालले भने ।  अति संवेदनशील मतदानस्थलमा कडा सुरक्षा निगरानी हुने उनले बताए । तीन घेरामा सुरक्षाकर्मी हुने उनकाे भनाइ छ ।

‘संवेदनशील मतदानस्थलमा खटिने नेपाल प्रहरीको संख्या अन्तको तुलनामा बढी नै हुनेछ । बाहिरी घेरामा सशस्त्र प्रहरी हुनेछ । नेपाली सेनाले पनि निगरानी गर्नेछ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले मतदानस्थलको स्थलगत निरीक्षण गरिरहेको छ । निर्वाचन अधिकृत स्थनाीय तहमा खटिएपछि उनीहरूले समेत मतदानस्थलको निरीक्षण गर्ने छन् ।  

जिल्लामा यसपालि एक सय ३६ मतदानस्थलमा दुई सय ९७ मतदान केन्द्र कायम गरिएको छ । अघिल्लो निर्वाचनको तुलनामा ४५ मतदान केन्द्र थप भएका हुन् ।

जिल्लामा २३ दलले स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्न दल दर्ता गराएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए ।

राष्ट्रिय मान्यताप्राप्त ६ र जिल्लामा क्रियाशिल १७ गरी कूल २३ दलले निर्वाचनमा भाग लिन दल दर्ता गराएको उनले जानकारी दिए । दुई लाख ४४ हजार तीन सय ४० मतदाताको बिचमा २३ दलका उम्मेदवार चुनावी मैदानमा प्रतिष्पर्धा गर्दैछन् ।

जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी गरेकाे ढकालले बताए । बिहीबारसम्म जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने उनको भनाइ छ । कार्यालयले यतिबेला निर्वाचनमा खटिने कर्मचारीको टुंगो समेत लगाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja