पोखराको पुम्दीकोटमा आज देखि महायज्ञ सुरु



पोखरा

पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा आज (आइतबार) देखि महायज्ञ सुरु भएको छ ।

पुम्दीकोट कोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म संचालन हुने उक्त महायज्ञको उद्घाटन उध्र्वाम्नाय श्री काशी सुमेरु पीठाधीश्वर जगतगुरु शंकराचार्य स्वामी नरेन्द्रनन्द सरस्वती जी महाराजले गरेका हुन्।

कार्यक्रममा बोल्दै उनले विश्वमा शान्ति कायम गर्न सनातन धर्मले महत्वपूर्ण भुमिका खेल्ने बताउदै नेपाल जस्तो देश हिन्दु राज्य हुन आवश्यक भएकोमा जोड दिए । केही समय अघि नेपाल हिन्दु राज्य भएको उल्लेख गरेका उनले नेपालको राजनीतिक परिवर्तनले गर्दा हाल नेपालमा अझै दिगो शान्ति कायम हुन नसकेको शंकराचार्यको भनाई थियो ।

८५ प्रतिशत हिन्दु धर्म मान्ने व्यक्तिहरु भएको देश नेपाल नेपाल हिन्दु राज्य हुँदा संसारबाट नेपालको छुट्टै पहिचान भएको शंकराचार्यले बताए । शान्ति सन्तुलन कायम गर्न पनि सनातन धर्म आवश्यक भएको उनको भनाई थियो । विश्वमा शान्तिको सन्देस दिनका लागि सनातन धर्म र हिन्दु धर्मले महत्वपूर्ण भुमिका खेल्ने शंकराचार्यले जनाए ।

पोखरा महानगरपालिकाका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले उक्त बिशाल महादेव मुर्ति निर्माण परियोजना सम्पन्न गर्न सवै सहयोग आवश्य भएको बताए । ब्रह््रकुमारी इश्वरीय बिश्वबिद्यालय पार्दी शाखाकी अप्सरा दिदीले पछिल्लो समयमा मानिसले आफ्नो धर्म संस्कृति भुल्दै गएकोमा चिन्त्ता व्यक्त गरिन् ।

पुम्दीकोट बिशाल महादेवको मुर्ति परियोजना अन्र्तगत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्त भुत्तानी गर्नको लागि पनि पुनः दोश्रो पटक महायज्ञ आयोजना गरिएकोे समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

उक्त परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए । ९ दीन चल्ने महायज्ञमाबाट करिब ६ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ भने उक्त महायज्ञ सम्पन्न गर्न करिब ७० लाख खर्च लाग्ने भएको अध्यक्ष बरालले बताए । मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन्।

बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन गरिने भएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । यस अघि २०७३ फागुन ३ देखि १३ गतेसम्म संचालन भएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको समितिले जनाएको छ ।

पर्यटन प्रबद्र्धनको लागि पुम्दीकोट बिशाल महादेव मूर्ति निर्माण हाम्रो अठोट, समृद्दि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने नाराका साथ आयोजना हुने महायज्ञमा पोखराको मुख्यबजारबाट महोत्सव स्थलसम्म जान आउनको लागि निशुल्क बस सेवाको व्यबस्था गरिएको अध्यक्ष बरालले बताए ।

यसैबिच महायज्ञ उद्घाटन सत्रको अवसरमा बिशाल महादेव मुर्ति प्रदान गरेका दानविर कमल जयन, ५५ लाख सहयोग गरेका बिष्णु बराल लगायतलाई पन्चे बाजा तथा भजन चुड्काकाको साथमा भव्य स्वागत सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja