मारिउपोल शहरमा रहेका युक्रेनी फौजले अन्तिमसम्म लड्ने



पोखरा

युक्रेनका प्रधानमन्त्री डेनिस श्मियालले रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको मारिउपोल शहरमा रहेका युक्रेनी फौजले अन्तिमसम्म लड्ने बताएका छन् ।

अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिएको अन्तरवार्तामा श्मियालले मारिउपोल शहरमा रहेका युक्रेनी फौजले अन्त्यसम्म लड्ने बताएको बीबीसीले जनाएको छ ।

‘शहर अझै ढलिसकेको छैन ।’ उनले भने, ‘हाम्रा सैन्य बल, हाम्रा सैनिकहरू त्यहीँ छन्, त्यसैले उनीहरु अन्त्यसम्म लडिरहनेछन् ।’

हिजोमात्रै रुसी फौजले मारिउपोल शहरमा रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न प्रस्ताव गरेका थिए । रुसले शहरको अधिकांश क्षेत्रमा नियन्त्रण जमाएको बताउँदै आएको छ ।

यद्यपि शहरको एजोभस्तल औद्योगिक क्षेत्रमा अझै पनि युक्रेनी फौजले रुसी आक्रमणको डटेर सामना गरिरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja