पोखरामा ९ वर्षकी बालिका मृत अवस्थामा फेला



पोखरा

पोखरामा ९ वर्षकी बालिका मृत अवस्थामा भेटिएकी छन् ।

पोखरा महानगरपालिका वडा नं. १४ स्थित रामेश्वरी माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत ९ वर्षीय बालिका सुशीला ओली मृत भेटिएकी हुन् । पोखरा महानगरपालिका वडा नं. १४ समिनतरास्थित खहरेखोलाको खोंचमा ओली मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रहरीका अनुसार उनी चैत २९ गतेदेखि बेपत्ता भएकी थिइन् । परीक्षा दिएर विद्यालयबाट घर फर्किदै गर्दा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । 

बालिका बेपत्ता भएको जानकारी पश्चात् उनका आफन्तले खोंचमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले खोंचबाट बालिकाको शव निकालेर पोष्टमाटर्मका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार उनको मृत्युको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja