विद्यार्थी खोज्दै काठमाडौं वर्ल्ड स्कुल पोखरामा



पोखरा

विद्यार्थी खोज्दै काठमाडौं वर्ल्ड स्कुल पोखरा आइपुगेको छ ।

शनिबार पाेखरामा एक शैक्षिक कार्यक्रम गरी विद्यालयको भावी योजना, गुणस्तरीय शिक्षा र विद्यालयले शैक्षिक अवस्थाको बारेमा जानकारी गराएकाे हाे ।

गुणस्तरीय शिक्षाका लागि दैनिक लाखैं विद्यार्थी विदेश पलायन भइरहेको बेला अन्तराष्ट्रिय विद्यार्थीको गन्तव्य बनाएको दाबी गर्दै विद्यालय व्यवस्थापन टिम देश दौडाहमा हिँडेको छ । यसअघि विद्यालयको अवस्थाको बारेमा जानकारी दिँदै चितवन, भैरहवा, बुटवल पुगिसकेको छ ।

स्कुलका अध्यक्ष इञ्जिनियर डा. ई. मिथिलेस कुमार झाले गुणस्तरीय शिक्षाको खोजीमा विदेशीनुपर्ने बाध्यता हटाउन स्कुल स्थापना गरिएको बताएका छन् ।

विद्यालयका प्रिन्सिपल केशर खुलालका अनुसार पोखराबाट विद्यार्थीहरु विद्यालयमा अध्यापन गर्न पुगेको बताए । उनका अनुसार विद्यालयमा ७७ जिल्लाबाट विद्यालयमा अध्यान गर्न पुगको सुनाए । ‘भवन फाइभ स्टार होटलको जस्तो छ । भवनबाहिर विद्यार्थी खेल्न धेरै खुला ठाउँ छ । खेलकुदका मैदानहरु छन् । फुटबल, बास्केटबल, लनटेनिसका मैदान र कोर्टमात्रै होइन अन्तराष्ट्रिय स्तरको सेवा सुविधा सम्पन्न स्कुल सञ्चालन भएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja