पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस दुर्घटना,१ जनाको मृत्यु, १६ जना घाइते



पोखरा

पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस आइतबार बिहान दुर्घटनामा परेको छ ।

बा४ख २७०४ नम्बरको माइक्रोबस बिहान ७ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ सलाङघाटमा दुर्घटनामा परेको हो । माइक्रोबार विपरीत दिशाबाट आउँदै गरेको बा९च ७०३६ नम्बरको कारलाई ओभरटेक गर्ने क्रममा ना६ख २०१४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

सो दुर्घटनामा तनहुँ दमौलीकी २६ वर्षीया मुना गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

सो दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइते हुनेमा माइक्रोका सहचालक तनहुँ व्यास नगरपालिका वडा नं. ४ का २८ वर्षीय नवीन ढकाल, दमौली घाँसीकुवाका ३४ वर्षीय बुद्धिसागर थापा, चितवन माडी ९ बस्ने ३५ वर्षीयकुमार सिंह भुजेल, व्यास नगरपालिका ३ का ३८ वर्षीय सीमा शाही ठकुरी, माइक्रो चालक व्यास ११ का ४२ वर्षीय डम्बरबहादुर विक, म्याग्दे गाउँपालिका १ का ४८ वर्षीय राजु लम्साल, वतन नखुलेको ३५ वर्षीय पूर्णबहादुर नेपाली रहेका छन् ।

यस्तै, तनहुँ व्यास नगरपालिका वडा नं. १० का ५१ वर्षीय टिकाबहादुर दराइ, बन्दीपुर गाउँपालिका १ का ३८ वर्षीय अर्जुन विश्वकर्मा, ४६ वर्षीया राज्यलक्ष्मी श्रेष्ठ, ब्यास १० का २५ वर्षीय जीतु सुनार, व्यास नरपालिका ११ का ४५ वर्षीया मिरा खड्का, ४० वर्षीया सरस्वती राई, म्याग्दे गाउँपालिका ६ का ३० वर्षीय लालबहादुर परियार पनि दुर्घटनामा घाइते भएका छन् ।

सामान्य घाइते भई मलेखु टिचिङ अस्पतालमा उपचाररत नवलपरासी कावासोती नगरपालिका १५ बस्ने ४० वर्षीय विजय बोटे र तनहुँ व्यास नगरपालिका ११ बस्ने १८ वर्षीय कोपिला राई भने डिस्चार्ज भएका छन् । 

घाइतेहरू सबैलाई धादिङको गजुरी अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार पश्चात काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

ट्रक चालक फरार छन् भने कार चालक प्रहरीको नियन्त्रणमा छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja