गण्डकी प्रमुख पृथ्वीमान गुरुङ- लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउनुपर्छ



पोखरा

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले निर्वाचनमार्फत लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउनुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै उनले यस वर्षभित्र सङ्घीय संरचनाअन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुुपर्ने दायित्व रहेको र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन नेपालको सङ्घीय संरचनालाई स्थापित गराउन महत्वपूर्ण सावित हुने बताएका हुन् ।

सबै निर्वाचनमा उत्साह, उमङ्ग तथा उल्लासमय रूपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुुदृढ बनाउन प्रदेश प्रमुख गुरुङले अनुरोध गरेका छन् ।

२०७८ राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको भन्दै उनले कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण समयमै खोप अभियानको थालनी भएकाले मृत्युदरलाई न्यून राख्न सफल हुनुजस्ता कुरा सकारात्मक उपलब्धिका रूपमा रहेको पनि बताएका छन् ।

देश संविधान कार्यान्वयनकै चरणमा रहेको र यसको मर्म, भावनाअनुसार गर्नुपर्ने धेरै काम भए पनि अझै यसले पूूर्णता नपाएका कारण जनअपेक्षाअनुसार जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्नुपर्ने उनकाे भनाइ छ ।विधि र नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कार विकासमा अभिप्रेरित हुँदै दलभित्र विधिलाई लोकतान्त्रिक, पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भइरहने उल्लेख गर्दै सन्देशमा नयाँ वर्षाले सबैमा नयाँ जोश, उमङ्ग र उत्साह पैदा गर्ने उनले विश्वास व्यक्त गरेका छन् । ‍(रासस)

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja