ल्यान्डफिल साइट व्यवस्थापन नहुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ



पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डफिल साइटको अझै व्यवस्थापन नहुँदा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ ।

विमानस्थल निर्माण कार्य करिव सकिएर २  साता अघि चिनिया विदेश मन्त्री नेपाल भ्रमणका बेला विमानस्थलको सांकेतिक साँचो प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण समेत भएको हो ।

तर विमानस्थलको निर्माण कार्य पूरा भएर पनि विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल ल्यान्डफिल साइट व्यवस्थापन हुन नसक्दा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ ।

सुरक्षित उडानका लागि विमानस्थल दुई किलोमिटर क्षेत्रमा रहेको ल्यान्डफिल साइटलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्नु पर्यटन मन्त्रीको अध्यक्षतामा समिति बने पनि काम भएको छैन । पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट अन्य स्थानमा नसारेसम्म विमानस्थल सञ्चालन गर्न समस्या रहेको छ ।मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसहित सरोकारवाला निकायहरूबीच  बुद्ध एयरले ल्याण्डफिल साइटको विषयमा छलफल भएको छ ।

छलफल कार्यक्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराले विमान स्थल राष्ट्रिय गौरवको आयोजना भएकाले नीजि क्षेत्र र प्रदेश सरकार सहकार्य गरेर काम गर्ने बताए ।

यस्तै, गण्डकी प्रदेशमा पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेलले पोखरा विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल साइटको मात्रै काम बाँकी रहेको बताए । ल्याण्डफिल साइट बनाउने काम समितिले ल्याण्डफिल साइटको जग्गाको अध्ययन भइरहेको मन्त्री कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja