सभापति शेरबहादुर देउवासँग काँग्रेस कास्की टोलीले भेट्न पाएनन्



पोखरा

पोखरा महानगरको मेयर आफैंले पाउनुपर्ने माग राख्न काठमाडौं पुगेको नेपाली काँग्रेस कास्कीको टोलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न पाएको छैन ।

उनीहरू बिहानै ९ देखि १२ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसे पनि देउवाको व्यस्तताका कारण भेट्न नपाएका हुन् ।

काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहित पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशका मन्त्री विन्दुकुमार थापा, मेयरका आकांक्षीसहित ६० भन्दा बढी बालुवाटारमा भेला भए पनि प्रधानमन्त्रीको क्याबिनेट र अन्य कामका कारण आफूहरूले समय नपाएको मन्त्री थापाले बताए ।

उनका अनुसार आजै २ बजे पार्टी कार्यालय सानेपामा उनीहरूले भेट्ने समय पाएका छैनन् । केन्द्रीय गठबन्धनको सहमतिअनुसार पोखरा काँग्रेसले गुमाउन सक्ने संकेत पाएपछि नेताहरू काठमाडौं पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja