जोमसोमबाट पोखरा आउँदै गरेको बस दुर्घटना हुदाँ दुई जना घाइते



पोखरा

मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस दुर्घटनामा परेको छ । भारतीय पर्यटक बोकेको ना१ख ७१४१ नम्बरको बर सोमबार दिउसो ३ बजे थासाङ गाउँपालिका वडा नं. १ टुकुचे नजिकै सडकमा पिल्टिएको हो । 

बस पल्टिनुको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बसमा २७ जना यात्रु रहेकोमा दुई जना मात्रै घाइते भएका छन् । उनीहरुको लेते प्राथमिक स्वास्थ्य केन्द्र र टुकुचे स्वास्थ्य चौकीमा उपचार भइहरेको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja