बलिउड अभिनेता सलमान खानका लागि १५ सय सुरक्षाकर्मी माग



पोखरा

नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानका लागि आयोजकले सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ ।

आयोजक ओडीसी इन्टरटेन्मेन्टले सलमान र कार्यक्रमको सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी सरकारसँग माग गरेको हो । सलमानको सुरक्षामा कुनै कमजोरी नहोस् र कार्यक्रममा कुनै अप्रिय घटना नघटोस् भनेर आफूहरुले १५ सय सुरक्षाकर्मी माग गरेको ओडीसीका प्रमुख सिमान्त गुरुङले जानकारी दिए । गुरुड सेक्युरिटीबाट ल्याइएका ६०० देखि ७०० सेक्युरिटी फिल्डमा उतारिने उनले बताए । ओडीसीबाट २०० स्वयंसेवक रहने सिमान्त बताउँछन् ।

सलमानको सुरक्षाका लागि ओडीसीले सातजना पर्सनल बडिगार्ड प्रदान गर्नेछ भने सरकारसँग पीएसओ मागिने गुरुङले जानकारी दिए । उनका अनुसार सरकारसँग ओडीसीले पीएसओ माग्ने तयारी गरिरहेको छ । सलमानका पर्सनल बडिगार्ड भने उतैबाट आउने सिमान्त बताउँछन् ।

सलमान जेठ १४ गते मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल आउने छन् । ओडीसी इन्टटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा सलमानलगायत बलिउड कलाकारहरु नेपाल आउन लागेका हुन् । सलमान लगायत टिम नेपाल आउँदा सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

गुरुङका अनुसार सलमानलाई ३ करोड भारतीय पारिश्रमिकमा नेपाल ल्याउन लागिएको हो । ६ करोडमा बाँकी ३ करोड भने अन्य कलाकारहरूको पारिश्रमिक हो । सलमानलगायत बलिउड अन्य कलाकारहरुलाई पारिश्रमिक पनि पठाइसकिएको छ ।

सलमानको नेपाल बसाई तीन दिनको रहनेछ । २७ तारिखमा उनी नेपाल आउनेछन् । दशरथ रंगशालामा हुने कार्यक्रमका लागि ब्रोन्ज टिकट ५ हजार, सिल्भर टिकट १० हजार, गोल्ड टिकट १५ हजार र प्लेटिनम टिकट २५ हजार रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja