प्रधानमन्त्री देउवाद्वारा निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन आग्रह



पोखरा

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन आग्रह  गरेका छन् ।

आज शहरी विकास मन्त्रालयले काठमाडौँमा आयोजना गरेका राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करीडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीको उद्घाटन गर्दै निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरेका हुन् ।

आगामी दिनमा सरकारी कार्यक्रमहरु आचारसंहितालाई ध्यानमा राखेर गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै प्रधानमन्त्री देउवाले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न ठूला शहरमा आगामी वर्षदेखि नै पाइलट प्रोजेक्ट सुरु गरिने बताए ।

शहरीकरणमा देखिएमा समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्न नयाँ शहरी नीतिमार्फत समुन्नत राष्ट्रिय शहरी विकास र शहरी प्रणालीको विकास गर्नुपर्ने उनले बताए । उनले काठमाडौँ उपत्यकामा देखिएका फोहर व्यवस्थापनको समस्या समाधानका लागि फोहरबाट ऊर्जा उत्सर्जनमा मन्त्रालयले ध्यान दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई नरुचाउनेले कुनै न कुनै रुपले यसलाई विघटन गर्ने वा अर्को दिशातर्फ लैजाने कसरत गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja