फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी



पोखरा

कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ ।

होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ संस्करणको महोत्सव गर्न लागिएको हो ।

यस वर्ष पुनः निरन्तरता दिइएको सङ्घका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताए । नयाँपनका साथ तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन हुनेछ ।

महोत्सव अवधिभर होटलहरूले ३० प्रतिशत छुट दिई सेवा प्रदान गर्ने सङ्घका पूर्व अध्यक्ष विकल तुलाचनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja