गण्डकीका खेलकुदमन्त्री दीपक मनाङेले गरे कर्मचारीमाथि कुटपिट



पोखरा

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि कुटपिट गरेको मन्त्रालय स्रोतले बताएको छ । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।

आफू हिजाेदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेकाे र ओझाले मंगलबार नै घटनाबारे जानकारी गराएकाे भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेकाे सचिव अधिकारीले बताए ।

कर्मचारी ओझाले आफू अस्पताल भर्ना भएकाे जानकारी दिएका छन् । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि नै काम सक्न भन्दै मन्त्री मनाङेले ब्रिफिङ गर्ने क्रममा विवाद बढेकाे मनाङेकाे सचिवालयका एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja