पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु



पोखरा

पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ का २० वर्षीय किशोर कठायतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कठायतको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा महानगरपालिका वडा नं. ६ खहरेमा बागमती प्रदेश ०२ ०२९ प ०९३७ नं. को मोटरसाइकल बिहान पौने ४ बजेतिर अनियन्त्रित भएर पल्टिंदा दुर्घटना भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja