लमजुङमा स्थानीय तह निर्वाचनमा चार दलीय गठबन्धन हुने



पोखरा

लमजुङमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन हुने भएको छ ।

मंगलबार कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर अगाडि बढ्ने निर्णय गरेका हुन् ।

कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङको संयोजकत्वमा बसेको बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेको हो ।

बैठकले गठबन्धनमा भएका राजनीतिक दलका केन्द्रीय निर्णयको स्वागत गर्दै केन्द्रीय निर्देशन बमोजिनम नै वडा तहदेखि नै प्रतिवेदन तयार पार्नका लागि सबै दलका एक–एक जना प्रतिनिधि रहने गरी चार सदस्यीय कार्यदल गठन गरेको कांग्रेस लमजुङका सभापति गुरुङले जानकारी दिए ।

कार्यदलमा कांग्रेसको तर्फबाट जिल्ला सभापति डा टकराज गुरुङ, माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका संयोजक मधु अधिकारी गुरुङ, एकीकृत समाजवादी जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङ रहेका छन् । माओवादी लमजुङका संयोजक मधु अधिकारी गुरुङले केन्द्रीयस्तरबाट भएको गठबन्धन जिल्ला र वडा तहमा पुग्ने बताइन् ।

बैठकमा कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ , माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका संयोजक मधु अधिकारी गुरुङ , एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja