बढ्यो पोखरा-काठमाडौंको बसभाडा



पोखरा

अब पोखरादेखि काठमाडौं जाने र काठमाडौंबाट पोखरा आउने बसका यात्रुले ५९१ रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारले सार्वजनिक गाडीको भाडा १५ प्रतिशतसम्म बढाएसंगै काठमाडौं-पोखराको भाडा ५९१ रुपैयाँ पुगेको हो । काठमाडौं-पोखराका लागि यसअघि ५३७ रुपैयाँ भाडा थियो । 

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक गाडीको भाडा १० प्रतिशतसम्म बढाइएको थियो ।

यस्तै, मालवाहक गाडीको भाडा १५ प्रतिशतसम्म बढेको छ । पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । 

इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक यातायातमा मात्रै भाडा बढेको विभागले जनाएको छ । अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्योअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ । 

असारयता डिजलको मूल्य ३४ प्रतिशत बढेको आधारमा अहिले नयाँ भाडा दर तय भएको विभागले जनाएको छ । विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाएको छ । ती सूचकमध्ये पेट्रोलियम पदार्थको मूल्य हिस्सा ३५ प्रतिशत रहन्छ ।

भाडादर सूची अनुसार काठमाडौंबाट पोखरा हुँदै बागलुङ पुग्ने यात्रुले ८०७, पोखरा-काठमाडौं-वालिङ हुँदै भैरहवा पुग्नेले १२ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ । 

यसैगरी, नेपालगञ्जबाट पोखरा आउने यात्रुले १२ सय ३९, पोखराबाट कृष्णनगर जाने यात्रुले ७८८, गौर जानेले ८४७, जनकपुर ९७५, धरान १३ सय ८७, नारायणगढ ३६९, वीरगञ्जबाट पोखरा आउन ६९९, पोखरा-नारायणगढ हुँदै भैरहवा ७३२ रुपैयाँ बस भाडा तिर्नुपर्ने भएको छ ।

यस्तै, पोखरा-नारायणगढ हुँदै महेन्द्रनगरका लागि १९ सय १३, सुर्खेत १५ सय ८१, धनगढी १७ सय ६९, सुनौली ६२३, मलंगवा ८६२, दाङको तुलसीपुर ९९६, बुटवल ५५२, पोखरा-स्याङ्जा नेपालगञ्ज हुँदै कोठियाघाटका लागि १४ सय ५, पोखरा-स्याङ्जा-भैरहवा हुँदै लुम्विनीका लागि ६८३ रुपैयाँ भाडादर तय भएको छ । 

यसैगरी काँकडभित्ताबाट पोखरा आउन १४ सय ९७ रुपैयाँ, धनगढीबाट पोखरा १६ सय ५४ रुपैयाँ, नेपालगञ्जबाट मुग्लिन हुँदै पोखरा आउन १३ सय ६५ रुपैयाँ बस भाडा लाग्ने भएको छ । 

यस्तो छ भाडादर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja