पछिल्लो २४ घण्टामा गण्डकीका थप ४ जनामा कोरोना पुष्टि



पोखरा

पछिल्लो २४ घण्टामा गण्डकीका थप ४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १७७ जनामा गरिएको नमुना परीक्षणमा एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आइतबार संक्रमण पुष्टि हुनेमा कास्कीका ४ जना छन् । आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९९० पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट थप २ जना संक्रमणमुक्त भएका छन्। योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ५१७ पुगेको छ। गण्डकीका ११ जिल्ला मध्ये अहिले कास्कीमा ४ जना, पर्वतमा एक जना, बाग्लुङमा एक जना र म्याग्दी जिल्लामा एक जना गरी प्रदेशभर ७ जना सक्रिय संक्रमित छन्। भने, अन्य सबै ७ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ।

कोरोना संक्रमणका कारण गण्डकीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४६६ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja