पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुदै



पोखरा

पोखरामा यही चैत २३ देखि २५ गतेसम्म २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । 

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ, ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता हुन लागेको हो । यस वर्ष ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिस्पर्धा हुने नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । प्याराग्लाइडिङको एक्युरेसी विधातर्फ विभिन्न चार वटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । 

प्रतिस्पर्धाअन्तर्गत ल्यान्डिङ ओभरअलको पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः ५०, ३०, २० र १० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक बलराम आर्चायले जानकारी दिए । 

महिलातर्फ ल्यान्डिङ विधामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी टिम एक्युरेसीमा पहिलो, दोस्रो, तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  यस्तै एक्युरेसी टेन्डम पुरुष अन्तर्गत पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

एअर सो तर्फ वेस्ट एक्रोबेटिकमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको वेस्ट कस्टुमलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा भाग लिन चैत २० गतेसम्म अनलाइनबाट नाम दर्ता गर्न सकिने प्रतियोगिताका निर्णायक योगेश भट्टराईले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न झन्डै ३० लाख रुपैयाँ खर्च लाग्ने संस्थाका प्राविधिकतर्फका उपाध्यक्ष अनिल केसीले बताए । कोरोनाका कारण दुई वर्षदेखि यो प्रतियोगिता हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja