तीनदिने भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारतमा



पोखरा

तीनदिने भारत भ्रमणका गएका प्रधानमन्त्री देउवालाई शुक्रबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन् । प्रधानमन्त्री देउवासँग आज भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट हुनेछ ।

शनिवार बिहान १०: ४० मा प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गर्ने कार्यक्रम छ । देउवा ११: १० बजे हैदरावाद हाउस पुग्ने छन् । प्रधानमन्त्रीद्वयको द्विपक्षीय भेटवार्ता दिउँसो १२:१५ बजे हैदरावाद हाउसमा हुनेछ ।

शनिवार दिउँसो ४ : ३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग देउवाको भेटवार्ता हुनेछ ।आइतवार बिहान ९ बजे बनारसमा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।प्रधानमन्त्री देउवा दिउँसो ४ बजे दिल्ली फर्किने र सवा ४ बजे स्वदेश फर्किने तालिका सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja