रुबलमा भुक्तानी नदिए ग्यास आपूर्ति बन्द गरिदिने रुसको धम्की



पोखरा

 रुसले रुबलमा भुक्तानी नदिएमा ग्यास आपूर्ति बन्द गरिदिने धम्की दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु राष्ट्र’ हरुले ग्यासको भुक्तानी रुबलमै गर्नुपर्ने भन्दै यस्तो चेतावनी दिएका हुन् । रुसी प्रशासन क्रेमलिनले जनाएअनुसार राष्ट्रपति पुटिनले एक अध्यादेशमा हस्ताक्षर गर्दै ‘शुक्रबारबाट रुसी ग्यासका आयातकर्ता मुलुकहरुले रुसी बैंकमा रुबल मुद्रामा खाता खोल्नुपर्ने’ बताएका हुन् ।

गाजप्रोमबैंक रुसी तेल कम्पनी गाजप्रोमको बैंकिङ विभाग हो । ‘कसैले पनि हामीलाई सित्तैमा सामान बेच्दैन र हामी पनि कसैलाई दान गरिरहेका छैनौँ यसको अर्थ वर्तमान सम्झौता बन्द हुनेछ ।’ राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनले जारी गरेको अध्यादेशअनुसार रुसी ग्यासका खरिदकर्ता मुलुकहरूले रुसको गाजप्रोमबैंकमा खाता खोलेर युरो वा अमेरिकी डलर जम्मा गर्नुपर्नेछ । पछि उक्त बैंकले जम्मा गरिएका युरो र अमेरिकी डलरलाई रुबलमा विनिमय गर्ने र यसैबाट ग्यासको भुक्तानी लिइने छ । रुसको सार्वभौमिकतालाई अझ बलियो बनाउनका लागि यस्तो कदम चालिएको पुटिनको भनाइ छ ।

युक्रेनमाथि आक्रमण गरेसँगै अमेरिका र अन्य पश्चिमा मुलुकहरु सहित विभिन्न आर्थिक महाशक्तिहरुले रुसी संस्थान एवम् धनाढ्यहरुमाथि प्रतिबन्ध लगाएका कारण रुसको अर्थव्यवस्था चौपट बनेको छ । यद्यपि युरोपेली मुलुकहरूले रुसी उर्जामाथि प्रतिबन्ध लगाउन आनाकानी गरिरहेका छन् ।

युरोपमा कूल ग्यास खपतको ४० प्रतिशत र कूल तेल खपतको ३० प्रतिशत रुसबाट आपूर्ति हुने बताइन्छ । यसअनुसार रुसले युरोपमा ग्यास बेचेर मात्रै हरेक दिन ४० करोड युरो कमाउँदै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja