पोखराको सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १८ वर्षीया छात्राको मृत्यु 



पोखरा

पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १८ वर्षीया छात्राको मृत्यु भएको छ ।

पोखराको सभागृहचोकमा ना ६ ख ४७२५ नं. को दश चक्के मालवाहक ट्रकले ग १४ प ६५९८ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान करिब ६ बजेको समयमा भएको दुर्घटनामा पोखरा १५, नयाँ गाउँकी १८ वर्षीया अञ्जना पाइजाको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी अञ्जनालाई गण्डकी मेडिकल कलेजमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिएपछि मृतक अञ्जनाको शरीर चक्कामुनि परेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

स्कुटरको पछाडि सवार पाेखरा १०, घलेचोक निवासी १८ वर्षीया मीना गुरुङ घाइते भएको डिएसपी तिवारीले जनाए । घाइते गुरुङको अवस्था सामान्य छ । उनकाे ढाँडमा चाेट लागेकाे छ । मृतक पोखराको बगालेटोलस्थित हिमाल म्यानेजमेन्ट कलेजको कक्षा ११ मा अध्ययनरत रहेकाे बताइएकाे छ ।

ट्रक चालक विश्व श्रेष्ठ र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक श्रेष्ठ तनहुँ जिल्ला व्यास नगरपालिका ११ का हुन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja