कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पोखरा आउदै



पोखरा

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पोखरा आउने भएका छन् ।

नेपाली लेखक सङ्घको सातौं राष्ट्रिय अधिवेशन उद्घाटनका लागि थापा र शर्मा पोखरा आउने भएका हुन् ।

नेपाली लेखक सङ्घले पहिलो पटक काठमाडौं बाहिर पोखरामा राष्ट्रिय अधिवेशन गर्न लागेको हो । अधिवेशन यहि चैत १८ र १९ गते हुनेछ ।

सङ्घको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले पोखरा अधिवेशनलाई निकै महत्वकासाथ हेरिएको छ । अधिवेशनमा देशभरबाट करिब ३०० प्रतिनिधि सहभागी हुने सङ्घले जनाएको छ । 

सङ्घका महासचिव एवं अधिवेशन आयोजक समिति संयोजक डा. रत्नमणि नेपालका अनुसार अधिवेशन लेखक सम्मेलनका रुपमा विकास गरिनेछ । सो अवसरमा साहित्य र संस्कृति सम्वन्धित पाँच विषयमा छलफल गरिने उनले बताए । अधिवेशन अन्तर्गत बुधबार लेखक नरहरि आचार्यको कृति जीवनको पाठशालामाथि परिचर्चा हुने आयोजक समितिका सदस्य सचिव एवं सङ्घका सचिव नवीनचन्द्र घिमिरेले जानकारी दिए ।

यस्तै, चैत १९ गते विहान बेगनासतालमा पुगेर पर्यटन साहित्य कार्यक्रम गरिने भएको छ । अधिवेशनका अवसरमा श्रष्टाहरु बैरागी काँईला, नरहरि आचार्य, तोया गुरुङ, भूवन ढुङ्गाना र तेजनाथ घिमिरेलाई सम्मान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja