पछिल्लो २४ घण्टामा गण्डकीका थप दुई जनामा कोरोना पुष्टि



पोखर

पछिल्लो २४ घण्टामा गण्डकीका थप दुई जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ६० जनामा गरिएको नमुना परीक्षणमा एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

मंगलबार संक्रमण पुष्टि हुनेमा पर्वतका एक जना र बाग्लुङ जिल्लाका एक जना छन्। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९८६ पुगेको छ। पछिल्लो २४ घण्टामा गण्डकीबाट थप ३ जना संक्रमणमुक्त भएका छन्। योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ५१४ पुगेको छ।

गण्डकीका ११ जिल्ला मध्ये अहिले कास्कीमा ३ जना, पर्वतमा एक जना, बाग्लुङमा एक जना र म्याग्दी जिल्लामा एक जना गरी ६ जना सक्रिय संक्रमित छन्। भने, अन्य सबै ७ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ।कोरोना संक्रमणका कारण गण्डकीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४६६ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja